पोखराको जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

पाेखरा | जेठ १५, २०८१

पोखराको जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरा:     पोखरा महानगरपालिका–८ जाल्पा रोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । 

 

कास्की प्रहरीका अनुसार सोमबार मन्ध्यान्ह करिब पौने १ बजे  नारायण पौडेलको घरको ढोकामा नवजात शिशु भेटिएको हो ।

 

घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएपछि नवजात शिशु (बालक)को उद्धारपश्चात उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ) राखिएको छ ।
 

नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले छाड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्